धोकाधडी स्रोत केन्द्र

आफूलाई धोकाधडीबाट बचाउनुहोस्

आफ्ना साथी र परिवारका सदस्यहरूलाई पैसा पठाउँदा Western Union मात्र प्रयोग गर्नुहोस्।

 

तपाईंले प्रत्यक्ष रूपमा नभेट्नुभएको व्यक्तिले तपाईंलाई पैसा ट्रान्सफर गर्ने अनुरोध गर्नुभयो भने उहाँलाई जवाफ नदिनुहोस्। बलिया पासवर्डहरू प्रयोग गर्नुहोस् र जुन पायो त्यही लिङ्कहरू नखोल्नुहोस्। आफ्नो व्यक्तिगत जानकारी आफैँसँग राख्नुहोस्।

 

नोट: ट्रान्सफर गरिसकेपछि वा जम्मा गरेपछि, Western Union तपाईंलाई रकम फिर्ता दिन सक्षम नहुन सक्छ। पैसा पठाइएको वा जम्मा गरिएको छैन भने तपाईं धोकाधडीको दावी दायर गरेर हामीलाई थाहा दिन सक्नुहुन्छ।

 

ठगी गर्ने व्यक्तिले तपाईंलाई Western Union सेवाहरू प्रयोग गरेर पैसा पठाउन अनुरोध गरेमा, यसको बारेमा रिपोर्ट गर्न हाम्रो धोकाधडी हटलाइनमा फोन गर्नुहोस्।

 

अचानक कतैबाट कोही देखा परेर तपाईंलाई निम्नमध्ये कुनै पनि परिस्थितिको कारणले पैसा पठाउन अनुरोध गरेमा सावधान रहनुहोस्ः

आपत्कालीन अवस्था

एन्टी-भाइरस सुरक्षा

अनलाइन खरिद

भाडाको सम्पत्तिको भुक्तानी वा जम्मा

रहस्यमय किनमेल

च्यारिटी दान

कर तिर्नु

क्रेडिट कार्ड वा ऋण शुल्क

लटरी वा पुरस्कार जित्नेहरू

रोजगारीका अवसरहरू

अध्यागमनका समाधानहरू

टेलिमार्केटिङका अनुरोधहरू

धोकाधडीलाई बेवास्ता नगर्नुहोस्

तपाईंले धोकाधडीको बारेमा रिपोर्ट गर्दा, तपाईं अरू कसैलाई धोकाधडी हुने सम्भावना कम गर्न मद्दत गर्नुहुन्छ। यसले कानुन प्रवर्तन एजेन्सीहरूलाई धोकाधडीहरूको पहिचान गर्न र रोक्न मद्दत गर्छ।

 

तपाईंलाई तपाईंले धोकाधडीको सामना गर्नुभएको छ जस्तो लाग्छ भने हामी तपाईंलाई स्थानीय कानुन प्रवर्तन र अन्य उपभोक्ता संरक्षण स्रोतहरूमा सम्पर्क गर्न प्रोत्साहित गर्छौँ।

 

धोकाधडीको बारेमा रिपोर्ट गर्न आवश्यक छ। यसले उपभोक्ताहरूलाई शिक्षित गर्न मद्दत गर्छ र अधिकारीहरूलाई हालका धोकाधडीहरूको बारेमा जानकारी प्रदान गर्छ। हामीले विश्वव्यापी रूपमा प्रहरी सङ्गठनहरूसँग सहकार्य गरे, तापनि हाम्रो भूमिका कानुन प्रवर्तन गर्नु होइन। हामी हाम्रा सेवाहरूको दुरुपयोग गर्ने व्यक्तिहरूको अनुसन्धान र अभियोजनलाई सहयोग गर्न एजेन्सीहरूसँग सहकार्य गर्छौँ।

जान्नै पर्ने कुराहरू

धोकाधडी चिन्ने तरिका के हो?

धोकाधडीहरू सधैँ निश्चित तरिकामा देखा पर्दैनन्। तर तिनीहरूमा यस्ता ढाँचाहरू हुन्छन् जसमा ध्यान दिएर तपाईं त्यसबाट बच्न र त्यसलाई रोक्न सक्नुहुन्छ:

  • स्क्यामरले तपाईंलाई आपत्कालीन अवस्था भएको नाटक गरेर पैसा पठाउन अनुरोध गर्ने छ। तपाईंले त्यो व्यक्तिलाई व्यक्तिगत रूपमा भेट्नुभएको छैन भने उसलाई पैसा ट्रान्सफर नगर्नु नै राम्रो हुन्छ।
  • तपाईंका पासवर्डहरू अनुमान गर्न सजिलो वा पहुँचयोग्य छन् भने धोकाधडी गर्नेहरूले तपाईंका खाताहरू ह्याक गर्न सक्छन्। बलिया पासवर्डहरू प्रयोग गर्नुहोस् र कसैसँग सेयर नगर्नुहोस्।
  • स्क्यामरहरूले तपाईंको ध्यान खिच्न इमेल, सामाजिक सञ्जाल, टेक्स्ट सन्देश र फोन कलहरू प्रयोग गर्छन्। सामान्यतया, उनीहरूका सन्देशहरूमा सन्देशको मुख्य भाग वा इमेल ठेगानाहरूमा गलत व्याकरण र गलत हिज्जेहरू हुन्छन्। प्रतिक्रिया दिनुअघि, कृपया टाइपिङसम्बन्धी त्रुटि र व्याकरणीय त्रुटिहरूको जाँच गर्नुहोस्।

मैले धोकाधडीको दावी दायर गरेपछि के हुन्छ?

तपाईंले धोकाधडीको दावी दायर गरेपछि, हाम्रो धोकाधडी विभागले तपाईंको दाबीको समीक्षा गर्ने छ। आवश्यक भएमा, हाम्रो टोलीले थप जानकारीका लागि तपाईंलाई सम्पर्क गर्ने छ। ट्रान्सफरको स्थितिका आधारमा, हामी तपाईंको ट्रान्सफर फिर्ता गर्न सक्छौँ। तपाईंले हामीबाट आफ्नो दाबीको अनुरोधको स्थितिसहितको इमेल प्राप्त गर्नु हुने छ।

Western Union ले धोकाधडी गर्ने व्यक्तिहरूलाई समात्न सक्दैन भन्ने कुरा याद राख्नु महत्त्वपूर्ण छ। हामी ठगी गर्नका लागि हाम्रा सेवाहरूको फाइदा उठाउने व्यक्तिहरूको अनुसन्धान र अभियोजनमा मद्दत गर्न कानुन प्रवर्तन एजेन्सीहरूसँग सहकार्य गर्छौँ।

के मैले मेरो मनी ट्रान्सफर फिर्ता पाउने छु?

तपाईंलाई तपाईंको ट्रान्सफर गलत व्यक्तिलाई पठाइएको जस्तो लाग्छ भने त्यो ट्रान्सफर रद्द गर्नका लागि तुरुन्तै हाम्रो ग्राहक सेवामा कल गर्नुहोस्। तपाईंको ट्रान्सफर पिक अप गरिएको, पठाइएको वा जम्मा गरिएको छैन भने तपाईंले ट्रान्सफरको सम्पूर्ण रिफन्ड पाउनुहुने छ।

Western Union ले धोकाधडी रोक्न के गरिरहेको छ?

हामी मानिसहरूलाई विभिन्न च्यानलहरूमार्फत धोकाधडीका बारेमा जानकारी दिइरहेका छौँ, हाम्रा ग्राहकहरूलाई सुझाव र स्रोतहरू प्रदान गरिरहेका छौँ र हामीलाई धोकाधडीबाट अझ राम्रो सुरक्षा गर्न मद्दत गर्न प्रविधिमा लगानी गरिरहेका छौँ। धोकाधडीको बारेमा रिपोर्ट गर्दा, हामी कानुन प्रवर्तन एजेन्सीहरूलाई धोकाधडीको अनुसन्धान गर्न आवश्यक सबै जानकारीका साथ सहायता गर्छौँ।

मैले Western Union प्रयोग गरेर ट्रान्सफर गर्न अनुरोध गरिएको शङ्कास्पद इमेल प्राप्त गरेमा के गर्नुपर्छ?

कृपया त्यो इमेल जस्ताको त्यस्तै spoof@westernunion.com मा हामीलाई फर्वार्ड गर्नुहोस्। ध्यान दिनुहोस्, इमेल फर्वार्ड गर्नुको अर्थ धोकाधडीको दाबी दायर गरिएको छ भन्ने हुँदैन। धोकाधडीको बारेमा रिपोर्ट गर्नका लागि, तपाईंले अनलाइनधोाधडीको दावी दायर गर्नुपर्छ वा हाम्रो धोकाधडी हटलाइनमा फोन गर्नुपर्छ

जानकार रहनुहोस्

पछिल्ला धोकाधडीहरू र कसरी आफूलाई सुरक्षित राख्ने भन्ने बारेमा अपडेट रहनका लागि सामाजिक सञ्जालमा हामीलाई फलो गर्नुहोस्। यसका साथै, #BeFraudSmart हौँ!

हाम्रा अलर्ट र अपडेटहरूको पालना गर्नुहोस्