WESTERN UNION को विश्वव्यापी गोपनीयता कथन

अपडेट गरिएको मिति 1 नोभेम्बर 2021

Western Union Company, हाम्रा सहायक र सम्बद्ध संस्थाहरू (“Western Union” वा “हामी” वा “हाम्रा”) ले तपाईंलाई अझ राम्रो सेवा दिन स्वच्छ अभ्यासहरू र लागू गरिएको डेटा सुरक्षा नियमहरूअनुसार तपाईंको व्यक्तिगत जानकारीको प्रोसेस गर्न प्रतिबद्ध छौँ र तपाईंको गोपनीयता ध्यानमा राख्छौँ। Western Union का स्थानीय निकायहरूको सूची हेर्न, कृपया ग्लोबल गोपनीयताको थनको “WESTERN UNION कानूनी निकायहरू” नामक खण्डमा हेर्नुहोस्।

यो विश्वव्यापी गोपनीयता कथनको उद्देश्य

Western Union मा हामी हाम्रा ग्राहकहरूको पैसा पठाउने कार्यमा सहयोग गरेर राम्रो कार्य गर्न मद्दत गर्न प्रतिबद्ध छौँ। हाम्रा ग्राहकहरूप्रतिको यो प्रतिबद्धतामा उनीहरूको जानकारी सही प्रयोग गर्ने कार्य पर्छ।

हाम्रो विश्वव्यापी गोपनीयता कथनको उद्देश्य भनेको तपाईंले हाम्रा सेवाहरू अनलाइन वा वेबसाट, रिटेल र हाम्रो मोबाइल एपहरू प्रयोग गर्दा तपाईंले जानकारी सेयर, सङ्कलन, प्रयोग, सुरक्षा र खुलासा गर्ने तरिका व्याख्या गर्नुका साथै तपाईंलाई तपाईंको जानकारी सङ्कलन र प्रयोग गर्ने तरिकाका बारेमा तपाईंका रोजाइहरूका बारेमा जानकारी दिनु हो।

WESTERN UNION ले सङ्कलन गर्ने व्यक्तिगत जानकारी

तपाईंले हाम्रो पैसा पठाउने वा भुक्तानीसम्बन्धी अन्य सेवाहरू प्रयोग गर्दा; हामीमार्फत बैंक खाता खोल्न र कायम राख्न; हामीलाई सम्पर्क गर्न; हाम्रा वेबसाइट वा एपहरू प्रयोग गर्न; वा हाम्रो लोयल्टी प्रोग्रामहरूमा भाग लिन (समग्रमा “सेवाहरू”) हामी तपाईंका बारेमा व्यक्तिगत जानकारी सङ्कलन गर्छौं र तपाईंसँगको हाम्रो सम्बन्ध रहने अवधी सङ्कलन गरिएका वा बनाइएका अन्य जानकारीसहित सो जानकारी प्रयोग गर्न सक्छौँ। हामी तपाईंका बारेमा विभिन्न प्रकारका व्यक्तिगत जानकारी सङ्कलन गर्छौं, जसमा निम्न निम्न पर्छन्:

  • तपाईंको नाम, सम्पर्क ठेगाना (जस्तै तपाईंको पोस्टल ठेगाना, इमेल ठेगाना, टेलिफोन नम्बर), तपाईंको फोटो वा अन्य कुराको फोटो (तपाईंले प्रदान गर्न छनौट गर्नुभयो भने), जन्म स्थान, जन्म मिति, लिङ्ग, नागरिता, पेशा, वैवाहिक अवस्था र सरकारी वा राष्ट्रिय पहिचान नम्बर र सम्बन्धित कागजातहरू जस्ता आधारभूत व्यक्तिगत जानकारी;
  • पैसा पठाउने, भुक्तानी, डिपोजिट र हरेक फन्डको स्रोत/गन्तव्यसम्बन्धी जानकारी, तपाईंले हाम्रा सेवाहरू कसरी प्रयोग गर्नुहुन्छ भन्ने बारेमा जानकारी, बैंक र क्रेडिटसम्बन्धी जानकारी र कर्मचारीको जानकारी जस्ता वित्तिय र कारोबारसम्बन्धी जानकारी
  • तपाईंले पैसा पठाउँदा प्राप्त गर्ने प्रापक वा जसबाट तपाईंले पैसा अनुरोध गर्नुहुन्छ वा प्राप्त गर्नुहुन्छ वा तपाईंले सेवाहरू प्रयोग गर्दा लेनदेन गर्न छनौट गर्नुभएको व्यक्तिको नाम र सम्पर्क जानकारी;
  • प्राविधिक जानकारी जस्तै तपाईंले इन्टरनेट प्रयोग गर्ने होस्ट, तपाईंको IP ठेगाना र डिभाइसको विज्ञापन आइडी तपाईंको डिभाइस (जस्तै डिभाइसका विशेषता, अन गरिएको छ भने जियोलोकेसन, सेटिङ, एप्लिकेसन, भण्डारण र प्रयोगसम्बन्धी जानकारी), मोबाइल एप, ब्राउजर र अपरेटिङ सिस्टम सफ्टवेयर, सामाजिक प्रोफाइल र नेटवर्कसम्बन्धी जानकारी, तपाईंले हाम्रा वेबसाइट र ठेगानाहरू पहुँच गर्ने मिति र समयसहित तपाईंले हाम्रो वेबसाइटमा लिङ्क गर्ने साइटको ठेगानाका बारेमा जानकारी। हामी “इन्टरनेट प्रविधिहरू” नामक खण्डमा वर्णन गरेअनुसार तपाईंको अनलाइन गतिविधिहरूमा व्यक्तिगत जानकारी सङ्कलन गर्छौँ।
  • तपाईंलाई पहिचान गर्न प्रयोग गरिने बायोमेट्रिक जानकारी (उदाहरणका लागि फिङ्गरप्रिन्ट वा अनुहार पहिचान गर्ने सुविधा) वा आपराधिक अभियोग जानकारी जस्ता संवेदनशील वा विशेष वर्गका जानकारी। हामीले तपाईलाई सेवाहरू उपलब्ध गराउने उद्देश्यका लागि आवश्यक पर्दा, हामी पर्याप्त सार्वजनिक हितका लागि डेटा प्रोसेस गरिरहेका हुन्छौं, हामीसँग कानूनी दायित्व छ वा हामीसँग त्यसो गर्न तपाईंको सहमति छ भने मात्र हामी यो डेटा राख्ने छौं;
  • तपाईं तेस्रो पक्षका सेवा (जस्तै Google र Facebook) प्रयोग गरेर Western Union का वेबसाइट वा मोबाइल एपहरूमा लिङ्क, जडान वा लगइन गर्नुहुन्छ भने तपाईं सेवालाई तपाईंको नाम, इमेल ठेगाना, प्रोफाइल फोटो र त्यो सेवाद्वारा नियन्त्रण गरिएका वा तपाईंको गोपनीयता सेटिङहरूमार्फत तपाईंले दिनुभएको अनुमतिअनुसार अन्य जानकारी जस्ता जानकारी पठाउन निर्देशन दिनुहुन्छ।
WESTERN UNION ले व्यक्तिगत जानकारी सङ्कलन गर्ने तरिका

Western Union विभिन्न माध्यमबाट तपाईंको व्यक्तिगत जानकारी सङ्कलन गर्छ:

  • कारोबारका फारमहरू, हाम्रो बैंक खाताहरू वा लोयल्टी कार्यक्रमहरूका लागि दर्ता, Western Union का एजेन्ट र व्यापार साझेदारहरूसँगको अन्तरक्रियाहरूसहित तपाईंले हामीलाई व्यक्तिगत रूपमा, अनलाइन वा हाम्रो मोबाइल एपमार्फत दिनुभएको जानकारी;
  • हामीले ग्राहक सेवा वा सुझाव दिँदा तपाईंले प्रदान गर्नुभएको जानकारीसहित इमेल, पोस्टल मेल, कल सेन्टरहरू वा लाइभ च्याटहरू;
  • हाम्रा सेवाहरू प्रयोग गरेर अन्यले तपाईंका बारेमा प्रदान गर्न सक्ने जानकारी;
  • हाम्रा सेवाहरूको प्रयोगबाट तपाईंका बारेमा हामीले जानेको जानकारी;
  • कुरानकानीका प्रोटोकल, इमेल कुराकानी र कुकीहरू वा यस्तै इन्टरनेट प्रविधिहरू जस्ता स्वालित माध्यमबाट;
  • हाम्रा विक्रेता, धोकाधडी जोखिम व्यवस्थापन गर्ने कम्पनी, कानून प्रवर्तनका निकाय, व्यावसायिक र सार्वजनिक डेटा स्रोत र हामीले हाम्रो ग्राहकको जानकारी बढाउन प्रयोग गर्ने अन्य वैध तेस्रो पक्ष डेटा स्रोतहरूमार्फत;
  • सामाजिक सञ्जालको तपाईंको प्रयोगमार्फत, र
  • तेस्रो पक्षका साइटहरूमा राखिएका Western Union का विज्ञापनहरूमा तपाईंको रुचिमार्फत।
WESTERN UNION ले तपाईंको जानकारी सुरक्षित राख्ने तरिका

हामी तपाईंको व्यक्तिगत जानकारी सुरक्षित राख्न प्रतिबद्ध छौँ। हामी तपाईंको व्यक्तिगत जानकारी सुरक्षित गर्न लागू सरकारी कानून र नियमहरूको पालना गर्ने संगठनात्मक, प्राविधिक, र प्रशासनिक सुरक्षाहरू प्रयोग गर्दछौं। हामीले हाम्रा कर्मचारी, एजेन्ट र व्यवसायका लागि जान्नु पर्ने प्रतिनिधिहरूका लागि मात्र हामीले प्रोसेस गर्ने व्यक्तिगत जानकारीमा पहुँच प्रतिबन्ध लगाउन पनि सक्छौँ। हाम्रो प्रयासहरूको बावजुद, तेस्रो पक्षहरूले गैरकानूनी रूपमा अवरोध गर्न वा तपाईंको व्यक्तिगत जानकारी एक्सेस गर्न सक्छन्।

इन्टरनेट प्रविधिहरू

हामी कुकी, ट्याग र हाम्रा वेबसाइट, मोबाइल एप वा हामीले विभिन्न उद्देश्यका लागि अनलाइन सेवाहरू उपलब्ध गराउने तेस्रो पक्षका वेबसाटका वेबबिकनहरूसहित तर यतिमामात्र सीमित नभई “WESTERN UNION ले सङ्कलन गरेको जानकारी प्रयोग गर्ने तरिका” नामक खण्डमा पहिचान गरिएका इन्टरनेट प्रविधिहरू प्रयोग गर्छौँ।

हामीले कुकी प्रयोग गर्ने तरिकाका बारेमा थप जानकारी प्राप्त गर्न कृपया Western Union को वेबपेजको फुटरमा रहेको “कुकीसम्बन्धी जानकारी” को लिंकमा क्लिक गर्नुहोस्। केही क्षेत्रहरूमा हामीले हाम्रा वेबसाइटहरूमा मिलेसम्म प्रयोगकर्ताले कुकीहरूको व्यवस्थापन गर्न मिल्ने क्षमता लागू गरेका छौँ र हामी तपाईंको प्राथमिकता स्तरमा आधारित कुकीहरू मात्र पढ्ने वा लेख्ने छौँ।

हामीले तपाईंले इन्टरनेट ब्राउज गर्दा तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापनहरू देखाउन तेस्रो पक्षहरू प्रयोग गर्न सक्छौँ। तपाईं नेटवर्क एडभरटाइजिङ इनिसिएटिभ (NAI) मा सदस्य रहेका वा अनलाइन व्यवहार विज्ञापनका लागि डिजिटल एडभरटाइजिङ इनिसिएटिभ (DAA) का स्व-नियामक सिद्धान्तहरू पालना गर्ने नेटवर्क र तेस्रो पक्ष विज्ञापकहरूबाट पर्सनलाइज गरिएका विज्ञापनहरू NAI र DAA का वेबसाइटका अप्ट आउटका पेजमा गई प्राप्त गर्नबाट अप्ट आउट गर्न सक्नुहुन्छ।

डु नट ट्र्याक (DNT) वैकल्पिक ब्राउजर सेटिङ हो जसले तपाईंलाई विज्ञापक र अन्य तेस्रो-पक्षहरूद्वारा ट्र्याकिङको सन्दर्भमा आफ्ना प्राथमिकताहरू व्यक्त गर्न अनुमति दिन्छ। हामी DNT सिग्नलको प्रतिक्रिया दिँदैनौँ।

Western Union ले आफूले सङ्कलन गरेको व्यक्तिगत जानकारी प्रयोग गर्ने तरिका

हामी निम्न व्यवहारिक उद्देश्यहरूका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्छौँ। हामी तपाईंका केही व्यक्तिगत जानकारी प्रदान गर्न असफल भएमा यसले तपाईंलाई हाम्रा सेवाहरू प्रदान गर्ने हाम्रो क्षमतालाई असर गर्न सक्छ:

  • सेवा सुविधाहरू सञ्चालन गर्न: तपाईंलाई सेवा र ग्राहक सहायता प्रदान गर्न हामीलाई मद्दत गर्न, तपाईंलाई व्यक्तिगत अनुभव प्राप्त गर्न मद्दत गर्न, तपाईंलाई लेनदेन गर्न र खातासम्बन्धी जानकारीमा पहुँच राख्न मद्दत गर्न र तपाईंले धेरै सेवाहरू प्रयोग गर्दा तपाईंको व्यक्तिगत जानकारी सम्बद्ध गर्न (उदाहरणका लागि, तपाईंले Western Union डिजिटल बैंकमा खाता खोल्दा तपाईंले Western Union डिजिटल खाता खोल्नुअघि गर्नुभएका कारोबार वा तपाईंको लोयल्टी कार्यक्रमसम्बन्धी जानकारी लिंक गर्न);
  • कुराकानी गर्न: तपाईंले प्रयोग गर्नु हुने सेवा वा तपाईं सहभागी हुने लोयल्टी कार्यक्रमहरूसँग सान्दर्भिक जानकारी दिन, प्रश्नहरूको जवाफ दिन वा तपाईंले हाम्रा ग्राहक सेवा टोलीहरूलाई पठाउनु हुने अन्य अनुरोधहरूको जवाफ दिन, वा तपाईंका प्राथमिकताहरूका आधारमा तपाईंलाई मार्केट गर्नको लागि तपाईंलाई सम्पर्क गर्न;
  • प्रमाणीकरण गर्न: तपाईंको पहिचान गर्न र तपाईंले सेवाहरू प्रयोग गर्दा तपाईंलाई पासवर्ड पुनः हाल्नु नपर्ने गरी साइन इन राख्न अनुमति दिन;
  • विश्लेषण गर्न: हाम्रा ग्राहकहरूलाई बुझ्न, तिनीहरूको अनुभव सुधार गर्न र विश्लेषणात्मक कार्यहरू गर्न;
  • वेब ट्राफिकको विश्लेषण गर्न: तपाईं Western Union को वेबसाइटमा अनलाइन विज्ञापन, साझेदार वा सम्बद्धबाट वा हाम्रा वेबसाइटहरूमा रहेका विज्ञापन वा लिङ्क क्लिक गरेर आउनुभएको हो कि होइन भनी निर्धारण गर्न;
  • प्रचार प्रसार गर्न: गैर-Western Union का वेबसाइट र एपहरूमा तपाईंको रुचिअनुसारको जानकारी डेलिभर गर्न;
  • प्रवद्धनहरूको विश्लेषण गर्न: हाम्रो प्रचार अभियानहरूको प्रभावकारिता र तपाईंले हाम्रो प्रचार सन्देशहरूमा अन्तर्क्रिया गर्नुभयो कि गर्नुभएन भनेर राम्रोसँग बुझ्न;
  • धोखाधडी, वित्तीय अपराध (मनी लन्ड्रिङसहित) र अन्य गैरकानूनी गतिविधिको रोकथाम: सुरक्षा प्रवर्द्धन गर्न, वित्तीय जोखिम कम गर्न र हाम्रा सेवाहरूमा धोखाधडीका कारण हुने समस्या र आवश्यक भएमा, यस्तो आपराधिक गतिविधिको रोकथामका लागि हाम्रा अनुपालन प्रक्रियाहरूको प्रभावकारिता सुनिश्चित गर्न।
हामी तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्ने कानूनी आधारहरू

हामी निम्न कानुनी आधारहरूमध्ये प्रत्येकका लागि यस कथनमा अन्यत्र व्याख्या गरिएअनुसार तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्न सक्छौं:

  • हामी तपाईंको व्यक्तिगत जानकारी तपाईंलाई सेवाहरू प्रदान गर्न प्रयोग गर्छौं: यसमा बैंकिङ सेवाहरू (तपाईंले Western Union मा डिजिटल बैंक खाता खोल्दा) प्रदान गर्न, पैसा पठाउँदा, भुक्तानी सेवा, प्रिपेड कार्डहरू प्रयोग गर्दा वा लोयल्टी कार्यक्रममा आवश्यक परेमा व्यक्तिगत जानकारी प्रयोग गर्ने कुरा पर्छ। हामी यो जानकारी तपाईंसँगको सम्झौताको कार्यसम्पादनमा वा माथिका कुनै पनि वा Western Union का अन्य उत्पादन वा सेवाहरूका लागि सम्झौतामा प्रवेश गर्न कार्यहरू सुरु गर्न प्रयोग गर्न सक्छौं।
  • हामी वैध व्यापारिक उद्देश्यका लागि यी वैध व्यापारिक उद्देश्यहरूले हामीले डेटा प्रशोधन गर्ने व्यक्तिहरूको अधिकार र स्वतन्त्रतालाई नबढाई तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्दछौं: यसमा हाम्रा उत्पादन, स्थान, सेवा, सञ्चालन यस साइटको सञ्चालन र तपाईंको ग्राहक अनुभव र लगानी र ब्रान्ड सन्तुष्टिमा मार्केटिङ रिटर्न मापन गर्नका लागि विश्लेषण र सुधार गर्न व्यक्तिगत जानकारीको प्रयोग समावेश छ। यसमा तपाईंको जानकारी रिसर्चका सर्वेक्षणहरू सञ्चालन गर्नका प्रयोग गर्ने कुरा समावेश हुन सक्छ। हामी ग्राहक सेवाहरू प्रदान गर्न र हाम्रो प्रविधि, प्रणाली र सेवाहरूको सुरक्षा र अखण्डताको रक्षा गर्न मद्दत गर्नका लागि तपाईंको व्यक्तिगत जानकारी पनि प्रयोग गर्न सक्छौं। यसमा धोखाधडी, मनी लन्ड्रिंग र अन्य गैरकानूनी गतिविधिको रोकथाम वा कानूनी दावीको स्थापना वा रक्षा गर्ने कुरा पनि समावेश हुन सक्छ।
  • हामी तपाईंको व्यक्तिगत जानकारी कानूनी उद्देश्य र कानूनको पालना गर्ने उद्देश्यका लागि प्रयोग गर्छौं: यसमा एन्टि मनी लन्ड्रिङ, काउन्टर टेररिस्ट फाइनान्सिङ र अन्य वित्तीय नियमहरूसँग सम्बन्धित कानुनी र नियामक कर्तव्यहरूको पालना गर्न, ठगी र चोरीको पहिचान, रोकथाम र अभियोजन; साथै हाम्रा सेवा वा अन्य गैरकानूनी वा गलत गतिविधिहरूको अवैध वा निषेधित प्रयोगलाई रोक्न र त्यसो गर्नको लागि विश्वव्यापी अनुपालन कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यक्तिगत जानकारीको प्रयोग गर्ने कुरा समावेश छ। यसमा Western Union र अन्यका कानुनी अधिकार र दावीहरूको स्थापना, अभ्यास वा रक्षा गर्ने र अनुपालनसम्बन्धी मुद्दाहरूको अनुगमन र रिपोर्टिङ समावेश हुन सक्छ। यसमा थप तपाईंको व्यक्तिगत जानकारी प्रयोग गरेर तपाईंको पहिचान प्रमाणित र पुष्टि गर्न र हामीलाई त्यसो गर्न मद्दत गर्न तेस्रो पक्षहरूको प्रयोग समावेश हुन सक्छ।
  • यस कथनमा उल्लिखित तपाईंको सहमतिको आधारमा हामी तपाईंको व्यक्तिगत जानकारीलाई प्रोसेस गर्न सक्छौं: यसमा मार्केटिङ सञ्चारहरू प्राप्त गर्न, तपाईंको Western Union डिजिटल बैंक प्रोफाइललाई अरूले देख्न सक्ने बनाउन वा लागू कानूनद्वारा अन्यथा आवश्यक भएमा सहमति प्राप्त गर्ने कुरा समावेश छ। हामीले तपाईंको सहमति अनुरोध गर्यौँ भने हामी तपाईंको जानकारी प्रोसेस गरिने लक्षित उद्देश्यका बारेमा जानकारी दिने छौँ।
  • तपाईंले अनुरोध गर्नुभएको सेवाहरू प्रदान गर्न तपाईंको जानकारी आवश्यक हुँदा वा कानूनद्वारा आवश्यक भएमा हामी तपाईंलाई सूचना दिने छौँ। केही मामिलाहरूमा जस्तै पैसा पठाउने वा बैंकिङ सेवाहरू उपलब्ध गराउँदा, तपाईंले हामीलाई आवश्यक पर्ने व्यक्तिगत जानकारी प्रदान नगरेसम्म हामी तपाईंलाई हाम्रा सेवाहरू उपलब्ध नगराउन सक्छौँ।
WESTERN UNION ले आफ्ना ग्राहकहरूसँग मार्केटिङ गर्ने तरिका

तपाईंको प्राथमिकताहरूको अधीनमा रहेर, हामी तपाईंलाई हाम्रा उत्पादन र सेवाहरूका बारेमा प्रस्ताव, पदोन्नति, र अपडेटहरूको बारेमा सूचना दिने छौँ। यसमा इमेल, टेलिफोन, पोस्टल मेल, SMS, सामाजिक सञ्जाल र कुराकानीका अन्य माध्यम वा डिजिटल च्यानलहरूमार्फत अफर दिने कार्य पनि पर्न सक्छन्।

तपाईं जुनसुकै बेला मार्केटिङसम्बन्धी कुराहरू प्राप्त गर्नबाट अप्ट आउट गर्न सक्नुहुन्छ। तपाईं आगामी दिनमा पनि हामीबाट यी मार्केटिङसँग सम्बन्धित कुराहरू प्राप्त गर्न चाहनुहुन्न भने तपाईं सान्दर्भिक इलेक्ट्रोनिक सञ्चारको माध्यमा निर्देशनहरू पालना गरेर वा तलको “हामीलाई सम्पर्क गर्न” नामक खण्डमा वर्णन गरेअनुसार हामीलाई सम्पर्क गरेर अप्ट आउट गर्न सक्नुहुन्छ।

तपाईंले हामीबाट मार्केटिङसम्बन्धी-कुराहरू प्राप्त गर्नबाट अप्ट आउट गर्नु हुन्छ भने पनि हामी तपाईंलाई महत्वपूर्ण सेवा, प्रशासकिय वा कारोबार सम्बन्धित कुराहरूका बारेमा जानकारी पठाउन सक्छौँ भन्ने कुरा कृपया ख्याल गर्नुहोस्।

बच्चाहरूबाट प्राप्त जानकारी

हामी 18 वर्षभन्दा कम उमेरकका बच्चाहरूका लागि हाम्रा सेवा वा उत्पादनहरू सञ्चालन गर्दैनौँ। Western Union ले जानाजानी हाम्रो रिटेल, वेबसाइट वा मोबाइल एपहरूबाट 18 वर्षभन्दा कम उमेरका मानिसहरूको जानकारी सङ्कलन वा प्रोसेस गर्दैन।

बाह्य वेबसाइटहरू

हाम्रा वेबसाइटहरू तेस्रो पक्षका वेबसाइटहरूमा वा बाट लिं भएका हुन सक्छन्। हामीले समीक्षा गरेका छैनौं, नियन्त्रण गर्दैनौं र हाम्रा वेबसाइटहरूसँग लिङ्क गरिएका वेबसाइटहरूद्वारा नियोजित सामग्री वा गोपनीयता अभ्यासहरूका लागि जिम्मेवार छैनौं। हामी यी कुनै पनि साइट, तिनीहरूको सामग्री वा तिनीहरूको गोपनीयता नीतिहरूका लागि जिम्मेवारी लिदैनौं। हामी तेस्रो पक्ष वेबसाइटहरूलाई समर्थन गर्दैनौं वा कुनै पनि जानकारी, सफ्टवेयर, वा अन्य उत्पादनहरू वा तपाईंले त्यहाँ भेट्टाउन सक्ने सामग्रीहरूको वा तिनीहरूको प्रयोगबाट प्राप्त हुन सक्ने कुनै पनि परिणामहरूका बारेमा कुनै वारेन्टीहरू गर्दैनौं।

WESTERN UNION ले तपाईंको व्यक्तिगत जानकारी कोसँग सेयर गर्छ

यो कथनमा सूचीबद्ध गरिएका उद्देश्यहरूका लागि हामीले तपाईंको व्यक्तिगत जानकारीकोका साथै तपाईंको नाम, सम्पर्क जानकारी, राष्ट्रिय पहिचान नम्बर र/वा सम्बन्धीत कागजात, ग्राहक आइडी नम्बर, ठेगाना, कारोबारको विवरण र प्याट्रन तथा बैंक खातासम्बन्धी जानकारी निम्न संस्था वा पक्षहरूलाई खुलासा गर्न सक्छौं:

  • Western Union समूहका कम्पनी र सम्बद्ध कम्पनी, “WESTERN UNION का कानूनी संस्थाहरू” शीर्षकको खण्डमा सूचीबद्ध भएकाहरू सहित;
  • आवश्यक स्थानीय रेमिटेन्स इजाजतपत्र संस्थाहरू कारोबारसँग सम्बन्धित छन्, “गैर-सम्बन्धित स्थानीय इजाजतपत्र संस्थाहरू” शीर्षकको खण्डमा सूचीबद्ध भएका संस्थासहित:
  • हाम्रा एजेन्ट वा व्यवसायका साझेदारहरू जसले पैसा पठाउन वा भुक्तानीसम्बन्धी कारोबार गर्न वा तपाईंले गर्नुभएको अनुरोध अन्य विशेष सेवाहरू प्रदान गर्न सहज बनाउँछ;
  • विक्रेता, भुक्तानी प्रोसेसर, बैंकिङ साझेदार र डेटा प्रोसेसरहरू व्यापार र ग्राहक सेवाहरू प्रदान गर्न सम्झौता अन्तर्गत छन्;
  • हाम्रो तर्फबाट मार्केटिङ सेवा, विज्ञापन सेवा, हाम्रो लोयल्टी कार्यक्रमहरूसँग सम्बन्धित किनमेलका सेवा र ग्राहक सन्तुष्टि र बजार अनुसन्धान सेवाहरू प्रदान गर्नेसहित, लागू हुने ठाउँमा तपाईंको सहमतिमा आधारित सेवा प्रदायकहरू। त्यस्ता साझेदारीमा थप सान्दर्भिक र लक्षित विज्ञापनहरू देखाउनका लागि तेस्रो पक्षहरू (जस्तै सामाजिक सञ्जालका कम्पनीहरू) सँग सेयर गर्ने कुरा पर्छ;
  • हामीलाई मद्दत गर्न सम्झौता गरेका विक्रता र डेटा प्रोसेसरहरूले तपाईंले प्रदान गर्नुभएको जानकारीको सटिकता पुष्टि गर्छन र तपाईंको पहिचान पुष्टि गर्न र सुरक्षा, जालसाजी तथा पहिचानसम्बन्धी खतराहरू कम गर्न मद्दत गर्छन्।
  • तपाईंका लागि काम गर्नका लागि तपाईंको खाता र/वा तपाईंको खातासम्बन्धी जानकारी एक्सेस गर्न अनुमति दिनुभएका तेस्रो पक्षहरू जस्तै खाताको जानकारीका सेवा प्रदायक वा भुक्तानी सुरु गर्ने सेवा प्रदायकहरू। तपाईं सार्वजनिक प्रोफाइल बनाउन अनुमति दिने सेवाको ग्राहक हुनुहुन्छ भने तपाईं आफ्नो प्रोफाइललाई सार्वजनिक रूपमा उपलब्ध गराउन छनौट गर्न सक्नुहुन्छ। यसमा नाम, तपाईंको फोटो, तपाईंको खाताका लागि उपलब्ध मुद्रा र तपाईं ग्राहक हो भन्ने तथ्य जस्ता सीमित व्यक्तिगत विवरणहरू पर्छन्। साथै, तपाईं Western Union डिजिटल बैंकको ग्राहक हो भने Western Union डिजिटल बैंका अन्य ग्राहकहरूले तपाईंको फोन नम्बरका साथै तपाईंसँग कारोबार गर्नका लागि तपाईंले प्रदान गर्नुभएको QR कोड प्रयोग गरी तपाईंलाई खोज्न सक्छन्।

हामीले हाम्रो व्यवसायको सबै वा अंशको बिक्री वा स्थानान्तरणको सम्बन्धमा हामीसँग भएको व्यक्तिगत जानकारी सेयर गर्न सक्छौं। हामी लागू कानून र नियमहरूको आवश्यक वा अनुमति दिएसम्म नियामक र वित्तीय अधिकारी, क्रेडिट रिपोर्टिङ एजेन्सी, कानून प्रवर्तन निकाय, अदालत, सरकार वा सरकारी एजेन्सीहरूलाई अनुपालन र कानूनी दायित्वहरू पूरा वा दाबी गर्न वा Western Union वा अन्यको अधिकार र हितहरूको रक्षा गर्न तपाईंको व्यक्तिगत जानकारी विश्वव्यापी रूपमा खुलासा गर्न सक्छौं।

व्यक्तिगत जानकारी अन्तराष्ट्रिय स्थानान्तरण

हामीले तपाईंको व्यक्तिगत जानकारी सङ्कलन गरिएको देश संयुक्त राज्य अमेरिका मात्र नभई बाहिर अन्य देशमा रहेका पक्षहरूलाई लागू कानून, नियामक संस्था, कानूनी निकाय र सरकारी एजेन्सीहरूलाई आवश्यक परेमा वा अनुमति दिएमा तपाईंको जानकारी ट्रान्सफर गर्न सक्छौँ। यसका अतिरिक्त, तपाईंले अर्को देशमा पैसा पठाउँदा वा प्राप्त अर्को देशबाट पैसा प्राप्त गर्दा, हामीले तपाईंको केहि व्यक्तिगत जानकारी कानूनद्वारा आवश्यक परेमा वा अनुमति भएमा उक्त देशसँग साझा गर्न आवश्यक हुने छ। हामी तपाईंको बारेमा केही व्यक्तिगत जानकारी संयुक्त राज्य अमेरिकामा स्थित हाम्रो डाटा केन्द्रहरूमा वा स्थानीय कानूनद्वारा आवश्यक क्षेत्रभित्र र हाम्रो सेवाहरूमा लागू हुने कानूनी र अनुपालन दायित्वहरू पूरा गर्न यसलाई प्रोसेस गर्ने स्थानमा स्थानान्तरण गर्छौ। हामी हाम्रो संयक्त राज्य अमेरिकाको डेटा केन्द्रमा हामीले तपाईंका बारेमा मार्केटिङमा आधारित रहेर सङ्कलन गरेका केही जानकारी भण्डारण पनि गर्छौं। तपाईंले सेवाहरू प्रयोग गर्नाले तपाईं बसोबास गर्ने देशभन्दा बाहिर उक्त कार्यका लागि जानकारी स्थानान्तरण गर्न सकिन्छ भन्ने कुरा बुझ्नुभएको अर्थ लाग्ने छ।

EEA, संयुक्त अधिराज्य र स्विजरल्याण्डबाट गरिने स्थानान्तरणहरू

EEA, संतुक्त अधिराज्य र स्विट्जरल्याण्ड बाहिर युरोपेली संघले पर्याप्त सुरक्षा प्रदान गर्न नपाएका देशहरूमा हस्तान्तरण गरिएको व्यक्तिगत जानकारीलाई कानूनद्वारा आवश्यक परेअनुसार उपयुक्त मानक संविदात्मक खण्डहरू वा EU-अनुमोदित अन्य संयन्त्रहरूद्वारा सुरक्षित गरिने छ।

व्यक्तिगत जानकारीको पुनः प्राप्ति

तपाईंको व्यक्तिगत जानकारी वित्तीय कारोबार र खाताहरूमा लागू हुने नियमहरूमा निहित वैधानिक अवधिअनुसार राखिनेछ जसमा एन्टि-मनी लन्ड्रिंग, एन्टी-टेररिस्ट वित्तपोषण र हामीलाई लागू हुने अन्य कानूनहरू समावेश छन्। अन्यथा, हामीले तपाईंको जानकारी विशेष उद्देश्य, यो सङ्कलन गरिएको उद्देश्यका लागि वा तपाईंले उठाउन सक्ने कुनै पनि प्रश्नको समाधान गर्न आवश्यक भएमा मात्र राख्ने छौं। हामी डेटा न्यूनीकरण सिद्धान्तहरूको सदस्यता लिन्छौं र जुन उद्देश्य(हरू) का लागि यो प्राप्त गरिएको थियो त्यही आवश्यकभन्दा बढी समयका लागि जानकारी राख्न प्रयास गर्ने छैनौँ।

तपाईंको व्यक्तिगत जानकारी एक्सेस गर्ने, मेटाउने र सच्याउने र तपाईंले गर्नुभएका छनौटहरू परिवर्तन गर्ने

हामीले तपाईंको व्यक्तिगत जानकारी प्रोसेस गरिरहेका छौँ कि छैनौँ भन्ने कुरा थाहा पाउने र तपाईंको जानकारीको प्रतिलिपि नि:शुल्क माग्ने अधिकार तपाईंसँग हुन्छ। तपाईंले हामीलाई उपलब्ध गराउनुभएको निश्चित जानकारीको संरचित र मेसिन-पठनीय प्रतिलिपि अनुरोध गर्ने अधिकार पनि तपाईंसँग हुन्छ। तपाईंको अनुरोध स्पष्ट रूपमा निराधार वा अत्याधिक छ भने तपाईंको अनुरोधअनुसारको जानकारी हामीले प्रदान गर्नका लागि शुल्क लिन वा नलिन सक्छौँ। तपाईंले अनलाइन वा मोबाइल एपमार्फत हाम्रा सेवाहरू प्रयोग गर्नुहुन्छ भने तपाईं जुनसुकै बेला आफ्नो स्टेटमेन्ट, कारोबारसम्बन्धी जानकारी र निश्चित व्यक्तिगत जानकारी एक्सेस गर्नका लागि आफ्नो खातामा लग इन गर्न सक्नुहुन्छ।

तपाईंसँग तपाईंलाई मार्केटिङसम्बन्धित कुराकानीहरू पठाउनबाट रोक्ने अधिकार हुन्छ। तपाईंसँग तपाईंका बारेमा रहेको अधुरो, गलत वा म्याद सकिएको जानकारी सच्चाउन हामीलाई अनुरोध गर्ने अधिकार हुन्छ। तपाईंसँग तपाईंका बारेमा रहेका केही जानकारी मेटाउने, तपाईंसँग सम्बन्धित जानकारीको प्रयोग प्रतिबन्ध गर्ने र यसको केहि प्रयोगहरूमा गुनासो गर्ने अधिकार हुन्छ। तपाईंको अनुमतिमा हामीले व्यक्तिगत जानकारी प्रोसेस गरिरहेका छौं भने तपाईं लागू कानूनबमोजिम आफ्नो अनुमति फिर्ता लिन सक्नुहुन्छ। तपाईं डिजिटल रूपमा पैसा पठाउने ग्राहकका रूपमा westernunion.com मा दर्ता भएको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईं westernunion.com मा गई आफ्नो मार्केटिङ संचार र तेस्रो-पक्ष डेटा साझेदारी प्राथमिकताहरू परिवर्तन गर्न आफ्नो प्रोफाइलसम्बन्धी सेटिङ मिलाउन सक्नुहुन्छ। तपाईंसँग हाम्रो व्यक्तिगत जानकारीको प्रोसेससम्बन्धी सम्बन्धित डेटा सुरक्षा नियामक वा पर्यवेक्षक प्राधिकरणमा उजुरी दर्ता गर्ने अधिकार पनि हुन्छ। हामीले अनुरोध प्राप्त गरेपछि, हामी तपाईंको पहिचान प्रमाणित गर्न र तपाईंको व्यक्तिगत जानकारी सुरक्षित गर्न सुरक्षा उपायका रूपमा तपाईंबाट थप जानकारी माग्न सक्छौं। केही परिस्थितिहरूमा, हामीले प्रतिक्रिया दिन अस्वीकार गर्न सक्छौं वा लागू कानून द्वारा अनुमति दिएबमिजिम तपाईंका अधिकारहरूमा सीमितताहरू लगाउन सक्छौं। यी अधिकारहरू प्रयोग गर्न कृपया https://wuprod.service-now.com/wu_privacy जानुहोस् वा “हामीलाई सम्पर्क गर्न” नामक खण्डमार्फत Western Union मा सम्पर्क गर्नुहोस्। हामी तपाईंको अनुरोधको जवाफ 30 दिनभित्रमा दिने प्रयास गर्ने छौं तर प्रतिक्रिया समय तपाईंको अनुरोधमा लागू हुने कानुन र नियमहरूको आधारमा फरक पर्न सक्छ र हामी निश्चित परिस्थितिहरूमा यो अवधि बढाउन पनि सक्छौँ। हामी तपाईंको अनुरोधसँग लागू कानूनद्वारा आवश्यक हदसम्म पालना गर्ने छौं।

स्थानीय कानूनबमोजिम विभिन्न अधिकार क्षेत्रहरूमा थप अधिकारहरू पनि उपलब्ध हुन सक्छन्। यी अधिकार माथि उल्लेख गरिएका माध्यमबाट उपलब्ध हुने छन्।

हामीलाई सम्पर्क गर्ने

तपाईंसँग हामीले तपाईंको व्यक्तिगत जानकारी प्रोसेस गर्ने बारेमा कुनै प्रश्न वा गुनासोहरू छन् भने हामी तपाईंलाई लिखित रूपमा इनक्वेरीहरू पेस गर्न आग्रह गर्छौँ। हामी तपाईंको सोधपुछबारे अनुसन्धान गर्ने छौँ र सामन्यतया इनक्वेरी प्रापत भएको 30 दिनभित्रमा लिखित रूपमा प्रतिक्रिया दिन्छौँ। तपाईं wuprivacy@westernunion.com मा गई हाम्रो डेटा सुरक्षा अधिकारीसहित हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

टोल-फ्री वा स्थानीय फोन नम्बरमार्फत हामीलाई सम्पर्क गर्न कृपया तपाईंको क्षेत्रका लागि प्रदान गरिएको विशेष सम्पर्क जानकारी फेला पार्न लागू हुने Western Union वेबपेजको फुटरमा रहेको “हामीलाई सम्पर्क गर्नुहोस्” लिङ्कमा क्लिक गर्नुहोस्।

परिवर्तनहरू

हामीसँग यो विश्वव्यापी गोपनीयता कथन संशोधन गर्ने अधिकार हुन्छ। जब संशोधन हुन्छ तब अद्यावधिक भएको गोपनीयता कथन यस वेबसाइटमा पोस्ट गरिने छ। तपाईं सबैभन्दा हालको कथन प्राप्त गर्न जाँदा हामी तपाईंलाई यो विश्वव्यापी गोपनीयता कथनको समीक्षा गर्न अनुरोध गर्छौँ।

संयुक्त राज्य अमेरिकाका नागरिकका लागि (क्यालिफोर्नियाका बासिन्दाहरूसहित) गोपनीयताको सूचना

संयुक्त राज्य अमेरिकामा (क्यालिफिोर्निया, नेभाडा,उत्तरी डाकोटा, टेक्सास र भर्मन्टमा रहनेसहित) रहेका ग्राहकहरू कृपया Western Union को गोपनीयताको सूचना को यो लिंकमा जानुहोस्।

क्यालिफोर्नियाका बासिन्दाहरूका लागि, कृपया यो विश्वव्यापी गोपनीयता कथनमा क्यालिफोर्निया निवासी परिशिष्ट हेर्नुहोस्।

मेक्सिकन नागरिकका लागि गोपनीयता सूचना
ब्राजिलियन नागरिकका लागि गोपनीयता सूचना
जापानी नागरिकका लागि गोपनीयता सूचना

यस विश्वव्यापी गोपनीयता कथनमा समावेश अन्य कुनै पनि प्रावधानहरू भए तापनि जापानमा बसोबास गर्ने ग्राहकका लागि, हामी तपाईंको जापानी व्यक्तिगत पहिचान नम्बर (“माई नम्बर”) र यसका सहायक कागजातहरूलाई यस खण्डमा वर्णन गरिए अनुसार कुनै पनि लागू कानून र नियमहरूको अनुपालनमा व्यवहार गर्ने छौं।

हामी जापानको उचित घरेलु कर सुरक्षित गर्ने उद्देश्यका लागि ओभरसीज वायर ट्रान्सफरको स्टेटमेन्ट (1997 को ऐन नम्बर 110 संशोधनअनुसार) पेस गर्ने ऐन अनुसार र त्यसको अनुपालनमा तपाईंको माई नम्बर पुष्टि गर्ने उद्देश्यले मात्र हामीद्वारा तोकिएको माई नम्बर र सम्बन्धित कागजातहरू सङ्कलन गर्दछौं।

WESTERN UNION का कानूनी निकायहरू

Western Union को स्थानीय कानूनी निकायहरूको सूची कृपया “WESTERN UNION का कानूनी निकायहरू” मा गई हेर्नुहोस्।

गैर-सम्बद्ध स्थानीय इजाजतपत्र निकायहरू

Western Union को स्थानीय इजाजतपत्र निकायहरूको सूची कृपया “WESTERN UNION का स्थानीय इजाजतपत्र निकायहरू” मा गई हेर्नुहोस्।